घटना -दुर्घटना

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियो, २ जनाको ज्यान गयो

Banner

जाजरकोट, बैशाख ७-

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>