क्रिकेट

आईपीएल क्रिकेटः राजस्थानविरुद्ध लखनउको जित

Banner

काठमाडौँ, वैशाख ७–

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको छ । लिगमा लखनउको यो चौथो जित हो ।

बुधबार सवाइ मनसिंह रङ्गशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनायो ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै ६ खेलबाट आठ अङ्क जोडेको लखनउ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अङ्क नै जोडेको राजस्थान शीर्ष स्थानमा यथावत् छ ।

प्रतियोगितामा आज रोयल च्यालेन्जर्स् बेङ्लोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>