चितवन विशेष

कृषिमा उल्लेखनीय सुधार भएको छः प्रमुख दाहाल

Banner

भरतपुर,जेठ ४-

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताउनुभएको छ । बिहीबार भरतपुर–७ मा निर्मित प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको तीन तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्नुभयो ।

भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुआत गरेको भन्दै उहाँले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताउनुभयो । भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पु¥याएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएका छन् । ‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’

महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गर्नुभयो । ‘उत्पादन भनेको कृषि हो, योसँगै सौन्दर्यकरण, सरसफाइलाई जोड दिइएको छ’ उहाँले भन्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिँदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताउनुभयो । साझेदारीमार्फत ट्रयाक्टर, मिल्क ऐनालाईजर, हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उहाँको भनाइ छ ।
कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाइ थियो । भरतपुरमा भूमिगत सिँचाइमार्फत ७ हजार बिघामा सिँचाइ भइरहेको र नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उहाँको भनाइ छ । प्रेमबस्ती दुग्ध उत्पादक सहकारीले दैनिक १ हजार लिटर दूध सङ्कलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>