चितवन विशेष
नारायणगढको भृकुटी बोर्डिङ स्कुलले ल्यायो उत्कृष्ट नतिजा

चितवन, वैशाख ४-
नारायणगढ बेलचोकको भृकुटी बोर्डिङ स्कुलले आधारभूत तह उत्तीर्ण परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
स्कुलका दुई जना विद्यार्थी सर्वोत्कृष्ट जीपीए ४ सहित सतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उर्तीण भएका हुन् ।
कुल ४९ विद्यार्थी सम्मिलित भएकोमा दुई जना जीपीएस ४, २२ जना ए प्लस, २२जना ए र ३ जना बी प्लस ल्याउन सफल भएका छन् । स्कुलले २०७८ को एसईई परीक्षाको नतिजामा जिल्ला तृतीय तथा बेस प्रथम भएको थियो ।
२०७५ सालको आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजामा उत्कृष्ट जीपीए ल्याइ संस्थागत विद्यालय मध्ये महानगरको उत्कृष्ट विध्यालयको रुपमा पुरस्कृत भएको थियो । हरेक वर्षको विभिन्न परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ। भृकुटी स्कुल चितवनका संस्थागत विद्यालय मध्ये शैक्षिक तथा भौतिक पूर्वाधारमा सबल भएको सहायक प्रिन्सिपल होमनाथ न्यौपानेले नारायणी अनलाइनलाई बताए ।
























