क्रिकेट

क्रिकेट खेल उद्घाटन गर्दै भरतपुरकी मेयर दाहालले भनिन्: रंगशालाको बाँकी काम छिट्टै सुरु हुन्छ

Banner

चितवन, वैशाख ४-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का भएको बताएकी छन् ।

बाग्मती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले अब केही प्रकृयाहरु मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको उल्लेख गरिन् । अहिले पनि धेरै जनालाई रंगशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै प्रमुख दाहालले र्धुमुस–सुन्तली फाउण्डेसनलाई ऋण तिर्न एक मुष्ट १२ करोड अनुदान दिई जिटुजी प्रकृयामार्फत् बाँकी निर्माण कार्य अगाडि बढ्ने जानकारी दिइन् ।

निर्माणाधीन गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुलचोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी टेण्डर आह्वान हुने बताइन् । प्रमुख दाहालले पुलचोक इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्को यसबारे निरन्तर छलफल भइरहेको बताए ।

धेरै लामो प्रयासपछि क्रिकेट रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउन पाउँदा धेरै खुसी महसुस भइरहेको उनको भनाइ थियो । करिब डेढ वर्षदेखि सुनसान बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सोमबारबाट चहलपहल सुरु भएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेसनले ऋण देखाउँदै निर्माण कार्य बन्द गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एक मुष्ट अनुदान दिई संघीय सरकारले थप निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको थियो । बागमती प्रदेशस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ र भक्तपुरबीच खेल भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>