Breaking News

मुग्लिन बजारमा धर्ना बसेका लघुबित्तपीडित माथि प्रहरीद्वारा अश्रुग्यास प्रहार, एक घाइते

Banner

चितवन, वैशाख ४-

मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

आइतबार बिहानदेखी धर्ना बसेका प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ । एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
लघुबित्तपीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वी राजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरु हैरान भएका थिए । चितवनसहित देशभरका विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>