चितवन विशेष
भरतपुरमा ९५ वर्ष माथिका ज्येष्ठ नागरिक सम्मानित

चितवन, वैशाख ३-
भरतपुरमा ९५ वर्ष माथिका दुई ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
जेष्ठ नागरिक संघ चितवनको तेस्रो वार्षिक साधारणसभाको अवसरमा भरतपुरका उपमेयर चित्रसेन अधिकारीले दुई ज्येष्ठ नागरिकलाई सम्ममानि गरेका हुन् ।
संघको साधारणसभाको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर अधिकारीले ज्येष्ठ नागरिकहरूलाई सजिलो र सहजरुपमा सेवा पु¥याउनेमा भरतपुर महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले ज्येष्ठ नागरिक राज्यका अभिभावक भएकै कारण उनीहरुलाई राज्यले विभेद गर्न नमिल्ने पनि बताए । उपमेयर अधिकारीले पुर्वाधार मात्र विकास नभएर ज्येष्ठ नागरिकको समस्या समाधान गर्नु पनि विकासकै स्वरुप भएको समेत प्रष्ट पारे ।
ज्येष्ठ नागरिकहरु संस्कृतिको धरोहर भएको प्रष्ट पार्दै ज्येष्ठ नागरिकलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरु नपाएकोमा आपत्ति समेत प्रकट गरे । उनले महानगरको उपप्रमुखको सचिवालय ज्येष्ठ नागरिकका लागि २४ सै घन्टा खुल्ला रहने समेत प्रतिबद्धता जाहेर गरे ।
ज्येष्ठ नागरिकहरुको संरक्षणमा भरतपुर महानगरपालिका सधै साथमा रहेको स्मरण गराउँदै उनले महानगर अहिले ज्येष्ठ नागरिक आश्रम निर्माण गर्ने तयारीमा रहेको जानकारी गराए । दिवाकालिन ज्येष्ठ नागरिक आश्रम आजको आबश्यकता हो उपमेयर अधिकारीले भने । वडा तहबाटै कामको सुरुवात गरेर प्रक्रियामा आउनु महानगर आश्रम बनाइ दिन तयार छ ।
कार्यक्रममा बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ का पूर्वसांसद कृष्णभक्त पोखरेल, भरतपुर १० का पूर्व वडा अध्यक्ष अरुणपीडित भण्डारी, साहित्यकार गोविन्दराज विनोदीलगायत अन्य समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा सस्थाका सचिव भोजराज न्यौपानेले संस्थाले अहिलेसम्म गरेका क्रियाकलाप एवम् भावी कार्यक्रमहरुको बारेमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुप्रसाद रेग्मीले आर्थिक वर्ष २०७८\०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा बागमती प्रदेश सासद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका पूर्वप्रमुख कृष्णकुमार डल्लाकोटी, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ बाट अहिले संघीय सांसदमा उम्मेदवारी दिएका जितनारायण श्रेष्ठ, संस्थाका उपाध्यक्ष माधब शर्मा घिमिरे,साहित्यकार गोबिन्दराज बिनोदी लगायतले मन्तव्य राखेका थिए ।
संस्थाले जिल्लाको ६४ वटा वडाहरुमा उपशाखा बिस्तार गरिसकेको छ भने बाँकी वडाहरुमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । नेपालमा ३० लाख बढी जेष्ठ नागरिकहरु रहेको २०७८ को जनगणनाले देखाएको छ । देशका ७४ जिल्लामा जेष्ठ नागरिक संघ स्थापना भइसकेका छन् ।

























