Breaking News

एमाले सांसदले संसदमा सुनाए प्रधानमन्त्री हराएको सूचना

Banner

काठमाडौं, वैशाख ३-

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना संसदमा सुनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् ।

उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

उनले सुनाएको सूचना–

‘नागरिकताको नाम: श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम: प्रचण्ड
स्थायी ठेगाना: फेरिराख्ने
अस्थायी ठेगाना: कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया: पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>