चितवन विशेष
जेसीज एरिया ‘बी’को शाखा अध्यक्ष भेला आजबाट सुरु
०

चितवन, वैशाख २-
जेसीज एरिया ‘बी’को शाखा अध्यक्ष भेला आजबाट सुरु भएको छ । जेजीज देवघाटधामको आयोजनामा दासढुंगामा हुने भेलामा जेजीज एरिया ‘बी’को ४१ शाखाका अध्यक्षहरुको सहभागीता रहेको छ।
स्थापनाको दोस्रो वर्षमै शाखा अध्यक्ष भेला आयोजना गर्ने मौका जेसिज देवघाटधामले पाएको हो । देवघाटको पर्यटन प्रवद्द्धनमा भेलाले सहयोग पुग्ने विश्वास संस्थापक अध्यक्ष विकास सापकोटाले गरे । । नेपाल जेसीजको देशभर चार वटा क्षेत्र छन् । त्यसमध्ये एरिय ‘बी’ सर्लाहीको लालबन्दीदेखि म्याग्दीसम्म पर्छ ।
देवघाटको पर्यटन प्रवर्द्धन गर्न जेसिज एरिया ‘बी’का शाखा अध्यक्षलाई पर्यटन दूतका रुपमा पठाउने जेसीजको केन्द्रीय उपाध्यक्ष राधिका भुसालले बताइन् । जेसीजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायुवतीहरु आबद्ध छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























