चितवन विशेष

कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय अध्यक्षमा चितवनका शिवनारायण

Banner

चितवन, चैत ३०–

नेपाल थारु संघको केन्द्रीय अध्यक्षमा शिवनारायण महतो गुरौलाई मनोनयन गरिएको छ । नेपाली कांग्रेसको गत साउन २ गतेको निर्णयमा नेपाल थारु संघलाई नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा मान्यता प्रदान गरिएको थियो । अध्यक्षमा मनोनयन गरिएका गुरौं चितवनको माडी निवासी हुन् ।

उनी नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील छन् । उनी नेपाल विद्यार्थी संघको शेरबहादुर देउवा सभापति र रामशरण महत महामन्त्री हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । निरंकुस पंचायती व्यवस्थाको विरुद्धको आन्दोलनमा उनी निकै सक्रिय रहेर काम गरेका थिए । २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोनमा उनी निकै सिक्रय भएर लागेका थिए । प्रजातन्त्र स्थापना पश्चात पनि उनी निरन्तर लोकतन्त्र सुदृढीकरणको लागि सक्रिय छन् ।

उनी, नेपलाी कांग्रस चितवनको दुई पटक जिल्ला कार्यसमितको सदस्य र महाधिवेशन, महासमिति सदस्य भई काम गरि सकेका छन् । नेपाली कांग्रेका केन्द्रीय नेतृत्वसंग धेरै नजिक भए पनि उनी, कुनै पनि लाभको पद नलिइकन नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी नेपाली कांग्रसको राजनीतिमा त्यागी नेताको छबी बनाएका व्यक्ति हुन् । उनी हाल पार्टीमा समावेशी नीति तथा कार्यक्रम बनाउनु पर्छ भन्दै निरन्तर लागिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>