चितवन विशेष

३० वर्ष बिगारेको देश पाँच वर्षमा बनाएर देखाइ दिन्छौंः पूर्वमन्त्री पाण्डे

Banner

प्रतिमा कुमाला

चितवन, चैत २९–

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले ५ वर्ष सरकार चलाउन दिए कायापलट गरि दिने दाबी गरेका छन् ।

राप्रपा जिल्ला कार्यसमिति चितवनको आयोजनामा आज (बुधबार) भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘केबल ५ वर्ष यो देश चलाउन हामीलाई दिनुस् । ३० वर्ष बिगारेको यो देशलाई हामी पाँच वर्षमा बनाएर देखाइदिन्छौं । बिक्री गरेको कलकारखाना फिर्ता ल्याउँछौं । विदेशिएका युवाहरुलाई फिर्ता ल्याएर यो देश मै रोजगारी दिन्छौं । यो हाम्रो प्रतिबद्धता र मुल एजेन्डा हो ।’
चितवन क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा निस्कलंकित उम्मेदवार जिवलाल पुरीलाई हलोमा भोट हालेर जिताउन पाण्डेले आग्रह गरे । ‘हाम्रो उम्मेदवारलाई जिताउन म आफै अनवरत रुपमा लागि परेको छु । किनकी अरु उम्मेदवार भन्दा हाम्रो उम्मेदवार धेरै कुराले राम्रो हुनुहुन्छ । निस्कलंकित, राष्ट्रवादी, सधै जनताको सेवामा समर्पित हाम्रो उमेद्वार हो । यसमा चितवनका तीनै क्षेत्रका व्यक्तिहरु लाग्न म अनुरोध गर्छु’, उनले आग्रह गरे ।

उम्मेदवारले प्रतिबद्धता गरेको हरेक कुरा पूरा गर्ने जिम्मेवारी आफूले पनि बहन गर्नेमा जोड दिए । उनले भने, ‘अपवित्र तरिकाले भोट नमाग्नु होला । कसैलाई व्यक्तिगत प्रलोभन दिएर भोट नमाग्नु होला । हामी यो राष्ट्र जोगाउँछौं । यो देशलाई शान्ति क्षेत्रको रुपमा अगाडि बढाउँछौं । विश्वको अगाडि नेपाल झुक्न पर्दैन । यो देशमै हामी सम्पूर्ण युवाहरुलाई रोजगारी दिलाउँछौं भने तपाइँहरु भन्नुस् त्यसको जवाफदेहिता हामी हुन्छौं । हाम्रो उम्मेदवारले गरेका प्रतिबद्धता हामी पूरा गर्छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>