देश/प्रदेश
सगरमाथामा बाटो बनाउन खटिएका तीन आरोही बेपत्ता, खोजी जारी
०

काठमाडौं, चैत २९–
सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु आज बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।
हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।
उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो । सोही काममा खटिएका आरोहीहरु बेपत्ता भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























