अन्तर्राष्ट्रिय

पञ्जाबमा भारतीय सेनाको क्याम्पभित्र गोली चल्दा ४ जनाको मृत्यु

Banner

नयाँदिल्ली, चैत २९

भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार पञ्जाबको बठिन्डा सैनिक क्याम्पमा बिहान साढे ४ बजेतिर गोली चलेको हो।

गोली चलेपछि क्याम्पको आपतकालीन टिम परिचालन भएको छ भने क्याम्प रहेको क्षेत्रलाई सिल गरिएको छ। गोली हान्ने व्यक्ति सादा पोशाकमा रहेको तर कुनै आतंकवादी समूहले हमला नगरेको बताइएको छ।

केही मिडियाले क्याम्पबाट दुई दिनअघि एउटा राइफल र एउटा म्यागेजिन हराएको उल्लेख गरेका छन्। गोली कसले किन चलायो भन्ने खुलेको छैन।

.

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>