Breaking News

चितवनमा कोरोना फेरि बढ्यो, छिटो फैलने भेरियन्ट भएकोले सर्तक रहन चिकित्सकको अनुरोध

Banner

चितवन, चैत २८-

चितवनमा लामोसमयसम्म शून्यमा झरेको कोरोना फेरि बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार सोमबार मात्र ६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी चितवनका विभिन्न ठाउँमा आइसोलेसनमा नौ जना रहेका छन् । थपिएका नयाँ ६ जना संक्रमितमा भरतपुरका ५ जना र रत्ननगरका १ जना रहेका छन् । चैत २३ गतेसम्म ३ जनालाई देखिएको कोरोना चारदिन पछि बढेर १४ जना पुगेको छ ।

अहिलेको भेरियन्ट निकै छिटो फैलने भएकोले स्वास्थ्य सावधानी र सर्तकता अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । बिगतमा कोभिड उपचारमा नेतृत्व गरेका भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले भारतमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि कोरोना संक्रमण बढेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अहिले ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको छ । यो प्रजाति एक्सडीडी १.१६ हो । यसको फैलने सम्भावना बढी हुन्छ । तसर्थ स्वास्थ्य सतर्कतामा सबैले ध्यान दिनुपर्छ । डा पौडेलले बिगतमा जस्तै मास्कको प्रयोग, पटकपटक हात धुने र भौतिक दूरी कायम गर्न सबै चितवनबासीलाई अनुरोध गरेका छन् ।

यसपटक संक्रमण छिटो फैलने तर कम खतरनायक रहेको उनले बताए । चिकित्सकहरुको अनुसार अहिलेको संक्रमणमा रुघा, खोकी, ज्वरो र पखाला जस्तो लक्षणहरु देखिन्छन् । यदि बुस्टर डोज खोप छुटेको भए पुन लगाउन चिकित्सकहरुले अनुरोध गरेका छन् । चितवनमा बढ्दो शहरीकरण र मानिसहरुको आवतजावतले भीडभाड बढी हुने भएकोले जोखिम बढी रहेको चिकित्सकहरुको भनाइ छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>