चितवन विशेष

चितवनको न्यू होप नमस्ते इन्भेष्टमेण्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन

Banner

चितवन, चैत २८-

चितवनका युवा व्यवसायीको व्यवसायिक समूह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् ।

कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

कम्पनीको सचिवमा भूपेन्द्र कर्माचार्य चयन भएका छन् भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिवमा वदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवनलगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताए । ‘हामी सबैको आआफ्नै विजनेश र पेसा छ’ श्रेष्ठले भने, यो ग्रुपमा हामीले संयुक्त लगानी गरी संभावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’ ग्रुपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘चितवन हरेक क्षेत्रमा सम्भावना भएको क्षेत्र हो, उनले भने, तर भोलिका दिनमा यहांँ मात्रै होइन देशमा मुख्य शहरहरुमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्नेछौं ।’ कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारीलगायत क्षेत्रका व्यवसायीहरु गरी ३१ जना सदस्य आवद्ध छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>