चितवन विशेष

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनमा बाबुराम छिनालको नेतृत्व

Banner

चितवन, चैत्र २८-

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन् ।

संघको १६ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले छिनाललाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा रामबाबु पुडासैनी, सचिवमा सरोज विश्वकर्मा, कोषाध्यक्षमा नारायण गुइडेल, सहसचिवमा शङकर दर्नाल, सदस्यहरुमा अमृत छिनाल, सविन मथे, राधा शर्मा पौडेल, पार्वती जिशी, मुना सुवेदी, रमेश दर्नाल र सिर्जना श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष छिनाल अन्नपूर्ण सटिङ सुटिङका प्रमुख हुन् ।

संघका निवर्तमान अध्यक्ष सुधा पोखरेलको अध्यक्ष्यतामा भएको १६ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र वलीले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नं. १ का वडाअध्यक्ष केशव महर्जनले साधारणसभाको सफलताको कामना गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>