देश/प्रदेश

नेपालमा एकैदिन थपिए १२४ कोरोना संक्रमित, २१ जना अस्पतालमा

Banner

काठमाडौं, चैत २७-

पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

दुई हजार ५६६ वटा नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।

आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १० जना आइसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>