Breaking News

ओलीले भनेः बाह्य शक्तिले जोडजाम गरेर बनाएको सरकारले अर्थतन्त्र ध्वस्त बनायो

Banner

काठमाडौं, चैत २६-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबनेसम्म देश नबन्ने दाबी गरेका छन् ।

धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको सरकार बाह्य शक्तिले जोडजाम नगरेर नभएर जनताले नै बनाउने बताए ।

उनले भने, ‘बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ । त्यसैले मिसन ग्रासरुट अभियान चलाएका छौं ।’
अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने बताए । एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी हुँदा समेत पहिलो पार्टी बनेको जीकिर गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>