समाचार

१८० किलो गाँजा र एउटा भारतीय ट्रकसहित एक जना पक्राउ

Banner

चितवन, चैत २५–

चितवन प्रहरीले १८० किलो लागुऔषध गाँजा र एउटा भारतीय नम्बरको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेल रहेका छन् ।

शुक्रबार लोथरतर्फ आइरहेको भारतीय नम्बरको बिआर–०६जी २१२८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकको क्याविनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई ल्याउन खोजिएको लागुऔषध गाँजा बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>