Breaking News

रवि लामिछानेको मुद्दा नचलाउने निर्णय विवेकपूर्ण रुपमा गरेका हौंः महान्यायाधिवक्ता पोखरेल

Banner

काठमाडौं,चैत २४-

महान्यायाधिवक्ता दिनमणि पोखरेलले रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धि मुद्दा नचलाउने निर्णय आफूहरूले विवेकपूर्ण रूपमा गरेको बताएका छन्। महान्यायाधिवक्ता बनेको १०० दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा निर्णय गरेको दाबी गरे।

हामीले विवेकपूर्ण काम गरेका छौं। यसलाई कुनै राजनीतिक विषयसँग जोडिनु हुँदैनु, महान्यायाधिवक्ता पोखरेलले भने। निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परिसकेकाले अदालतले नै निर्णय दिने विषय भएको बताए। अदालतले रिट निवेदकले मागे बमोजिम अन्तरिम आदेश जारी नगरेकाले पनि आफूहरूको मुद्दा नचलाउने निर्णय गलत नभएको बताए। यस विषयमा अदालतले नै बोल्नेछ, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>