समाचार

आमाबुवासँग स्काइ क्याफेमा प्रकाश सपूत

Banner

काठमाडौं, चैत २३-

लोकगायक प्रकाश सपूत आफ्ना आमाबुवासहित कुश्मा पुगेका छन्। त्यहाँ उनले आमाबुवासँग स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिएका थिए।

केही दिनअघि उनी आफ्नो आमा बिनाकुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासँग कुश्मामा पुगेको द क्लिफका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए।गायक सपूतले कुश्मालाई साहसिक खेलको हब बनाउने क्लिफको कामको प्रशंसा गरे। ‘क्लिफको यो प्रयासले कुश्माको मात्र नभई देशलाई नै चिनाउनेछ,’ उनले भने।

उनका ‘बोल माया, मेरो पनि होइन र यो देश, पीर, दोहोरी ब्याटल’ लगायतका धेरै गीतहरू चर्चित छन्। उनी आगामी फिल्म ‘परदेशी २’ मा देखिदैछन्। यो उनको डेब्यू फिल्म हो।राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई रोप साइक्लिङ, स्काई क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>