चितवन विशेष

विवेकशिल पार्टी छाडेका चितवनका भूपेन्द्र बस्नेत जय जन्मभूमि पार्टीमा

Banner

चितवन, चैत २३-

विवेकशिल साझा पार्टी चितवनका नेता भूपेन्द्र बस्नेत जय जन्मभूमि पार्टीमा प्रवेश गरेका छन् ।

विवेकशिल साझा पार्टी छाडेसँगै उनी जय जन्मभूमि पार्टीको केन्द्रीय बरिष्ठ उपाअध्यक्ष एवम चितवन–२ उपनिर्वाचन् परिचालन संयोजकमा मनोनित भएका हुन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै बैकल्पिक राजनीतिक शक्तिका लागि आफू विसं २०७४ वैशाखदेखि सामाजिक अभियानकर्मी, विवेकशील साझा पार्टीको शुभ चिन्तक तथा बफादार रक्षक, चितवन–२ प्रतिनिधि सभा उम्मेदवार २०७४, चितवन जिल्ला सस्थापक संयोजक, पूर्वकेन्द्रीय सदस्य तथा सदस्य रहँदै आएकोमा साधारण सदस्यता समेतबाट राजिनामा दिएको बताएका छन् । उनले आगामी दिनमा वैकल्पिक राजनीतिक शक्ति, नयाँ पार्टी ‘जय जन्मभूमि पार्टी नेपाल(जजपा ) को नयाँ जिम्मेवारीमा रहेको जनाएका छन् । उनले अहिले सम्म प्राप्त सहयोग र सद्भाव प्रति सम्पूर्ण पत्रकार, नागरिक समाज, एवम मतदाताहरुमा धन्यवाद पनि व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका बस्नेत पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>