अर्थ

नेपालका उद्यमी–व्यवसायी बिचौलिया बनेर बाँच्ने अवस्थामा पुगेः भट्टराई

Banner

काठमाडौं, चैत २३–

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्वीट गरी उनले खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रमनिर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको बताएका छन्। ‘बाच्छाले सँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ’, उनले लेखेका छन्।

नेपालको औसत प्रतिव्यक्ति आयविश्वको भन्दा १० गुना कम रहेको भन्दै उनले यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिने उल्लेख गरेका छन्। सुगौलीसन्धि यता नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको उनको दाबी छ।

‘हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ१ जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके’, उनले लेखेका छन्। ‘देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहने क्रम कहिलेसम्म’ भनी उनले प्रश्न गरेका छन्।

एफएनसीसीआईको राष्ट्रिय सम्मेलनमा अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गर्न उनले सुझाव दिएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>