चितवन विशेष

चितवनको स्मल हेभन स्कुलको भर्ना अभियान,प्रवेश परीक्षा चैत २५ मा

Banner

चितवन, चैत २२-

लिटल एन्जल्स स्कुलको व्यवस्थापनमा भरतपुर महानगरपालिका–५ कल्याणपुरमा सञ्चालित स्मल हेभन स्कुलमा भर्ना सुरु भएको छ ।

कक्षा नर्सरीदेखि ८ कक्षासम्म भर्ना आवेदन माग गरेको स्कुलले चैत २५ गते प्रवेश परीक्षा तोकेको हो । स्कुलका प्रिन्सिपल रामचन्द्र  न्यौपानेका अनुसार अतिरिक्त क्रियाकलाप र भौतिक संरचनामा जिल्लामै अब्बल विद्यालयमा पर्ने नारायणी अनलाइनलाई जानकारी दिए । उनले गुणस्तरीय शिक्षामा सधै अगाडि रहेको विद्यालय पटकपटक जिल्ला प्रथम र बिगतमा एसएलसी बोर्डमा पर्न सफल भएको विद्यालय भएकोले अभिभावकको रोजाइमा पर्ने गरेको बताए । क्षेत्रीय विरेन्द्र शिल्ड प्राप्त विद्यालयमा होस्टेल र यातायात सबै व्यवस्था रहेको छ ।

भरतपुरको बजारी क्षेत्रको कोलाहलबाट टाढा रहेको विद्यालयमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयले अगामी शैक्षिक शत्रबाट व्यवस्थापनमा कक्षा ११ पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>