अपराध

सौराहामा हात्तीको सुँड काट्नेलाई कारबाही गर्न रत्ननगर उद्योग वाणिज्य संघको माग

०
Banner

चितवन, चैत २२–

सौराहामा मंगलबार राति हात्तीमाथि आक्रमण गर्ने आक्रमणकारीलाई खोजेर कारबाही गर्न रत्ननगर उद्योग वाणिज्य संघले माग गरेको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै सौराहाका पर्यटन व्यवसायी दिपक खतिवडाको घरपालुवा हात्तीलाई हतियार प्रहार गरी सुँड काटिएको घटनाको संघले भत्सर्ना गरेको हो ।

संघले उक्त घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाहीको लागि सम्बन्धित निकायको विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएको छ । संघले विज्ञप्तिमा सौराहाका व्यवसायीले दिनदिनै असुरक्षित महसुस गरिरहेको भन्दै हात्तीमाथि आक्रमण गरिएको जस्ता निन्दनीय घटना फेरि दोहोरिन नदिन सरोकारवाला निकायलाई हार्दिक अपिल पनि गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>