चितवन विशेष

भरतपुर महानगरपालिकाद्वारा ट्राफिक सामग्री सहयोग

Banner

चितवन, चैत २०-

भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय चितवनलाई ट्राफिक सामग्री सहयोग गरेको छ ।

आज सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरुपमा चितवनका ट्राफिक प्रमुख राजकुमार तमाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा मेयर दाहालले ट्राफिक सामग्रीको उचित प्रयोग गरी महानगरको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गरिन् । उनले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भइरहने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

भरतपुरको ट्रफिक व्यवस्थापनको लागि ब्रेथलाइजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्राफिक कोन २५ सेट, हिवल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । महानगरपालिकाले ट्रफिक प्रहरीलाई तीन लाख रुपैयाँ बराबरको इन्धन, दुई लाख ८६ हजारको ट्राफिक मोटरसाइकल यसअघि नै हस्तान्तरण गरिसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>