Breaking News

कांग्रेस उम्मेदवार श्रेष्ठले भनेः चितवन प्रयोगशाला होइन, जनताले बुझेका छन्

०
Banner

चितवन, चैत २०–

चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

चितवन २ बाट निर्वाचित सांसद (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको उनले सुनाए । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’

त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’

चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताए । उनले अघि भने, ‘स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>