Breaking News

कांग्रेस उम्मेदवार श्रेष्ठले भनेः चितवन प्रयोगशाला होइन, जनताले बुझेका छन्

Banner

चितवन, चैत २०–

चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

चितवन २ बाट निर्वाचित सांसद (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको उनले सुनाए । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’

त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’

चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताए । उनले अघि भने, ‘स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>