चितवन विशेष

चितवनको चित्रवन नेचर क्योर हस्पिटबाट नवलपुरका टिकारामले पाए नयाँ जीवन

Banner

पुजा ढकाल

चितवन, चैत १९-

भरतपुर महानगरको आस्था चोकमा रहेको चित्रवन नेचर क्योर हस्पिटको उपचारपछि धेरै मानिसले नयाँ जीवन पाएका छन् । उपचारका लागि यस हस्पिटलमा नेपालका सबै क्षेत्रबाट मलिन अनुहार लिएर आउने कयौ व्यक्ति हसिलो अनुहार लिएर घर फर्कने गरेका छन् । यस्तै नवलपुर देवचुलीका टिकाराम घर्ती मगर पनि अस्पतालको सफल उपचारपछि घर फर्किएका छन् । चैत १२ गते (आइतबार) तीन महिनाको सफल उपचारपछि उनी घर गएका हुन् । उनलाई मोटरसाइकल दुर्घटनापछि भरतपुर सरकारी अस्पताल हुँदै थप उपचारका लागि चित्रवन नेचर क्योर हस्पिटल ल्याइएको थियो ।

मंसिर १२ गते साँझ मोटरसाइकल दुर्घटना परी गम्भीर घाइते भएका टिकारामलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको उनकी श्रीमती मिना घर्तीले जानकारी दिइन् । श्रीमती मिनाको अनुसार दुर्घटना परी घाइते भएका टिकारामको टाउँकोमा तथा दिमागमा रगत जमेको कारण सीटीस्क्यानपछि टाउकाको आधा हड्डी फालिएको छ । उनी भन्छिन्, ‘नेचर क्योरको छोटो उपचार पछि र थेरापीपछि मेरो श्रीमान्लाई ठिक भयो, धेरै राम्रो भयो र नयाँ जीवन पनि पाउनु भयो । जसको कारण आज म उहाँलाई घर लिएर जाँदै छु ।’

उनले श्रीमान्लाई पहिले मेडिकल कलेज राखेर उपचार गरेको भए पनि त्यहाँको उपचारपछि डाक्टरको सुझाव तथा सल्लाह अनुसार नेचर क्योर ल्याएको बताइन् । यस्तै पहिले सरकारी अस्पताल राख्दा पनि श्रीमान् चार पटक बेहोस भएको, चार रात चार दिन भेन्टिलेटरमा राखेपछि पनि धेरै नै दिन आईसीयूमा पनि राख्नु परेको उनले जानकारी दिइन् । तर, उनका अनुसार त्यहाँ त्यसरी राखेर उपचार गरेपछि पनि थप उपचारका लागि यहाँ ल्याउँदा सात दिन अक्सिजन लगाउनु परेको थियो । मंसिर १२ गते मोटरसाइकल दुर्घटनामा परि घाइते भएर सरकारी अस्पताल हुँदै नेचर क्योर ल्याएर सात दिन अक्सिजन दिँदै उपचार गरे पनि आफ्नो श्रीमान्लाई १५ औँ दिनबाट भने सुधार भएको बताउँदै उनी भन्छिन्, ‘डाक्टरको सहयोगमा म एकल महिलाले मेरो श्रीमान्लाई बचाउन सफल भएँ ।’ यस्तै पहिले सरकारी हस्पिटलले परिवारका अन्य सदस्य बोलाउन भन्दा आफूले देवर, जेठाजुलाई बोलाए पनि भाडा छैन, भ्याउदिन भनेकोे र फोनबाट पनि खबर नसोधेको उनको दुःखेसो छ । अस्पतालले बाच्न पनि सक्नु हुन्छ नबाच्न पनि सक्नु हुन्छ भनेको व्यक्तिलाई नेचर क्योर हस्पिटले सन्चो बनाएर घर पठाउन सफल भएकोमा मिना नेचर क्योरका सम्पूर्ण टिमलाई बधाइ तथा धन्यवाद दिन्छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>