खेलकुद

दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन भोलि भरतपुरमा हुँदै

Banner

चितवन, चैत १७–

प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने भएको छ ।

भोलि (शनिबार) भरतपुरस्थित पिसजोन स्कुल गौरीगञ्ज–८ मा म्याराथन हुन लागेको हो । कार्यक्रम विहान ७ बजे हुँदैछ । कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमरकट्टेलले समुद्घाटन गर्ने कार्यक्रम तय भएको प्रज्ञा स्मृति प्रतिष्ठानकी सदस्य एवं निर्देशक गंगा दाहालले जानकारी दिइन् । उनले प्रतियोगितामा सहभागिता जनाउन सबैमा अनुरोध गरेकी छन् ।

यस प्रतियोगितामा इलाइट महिला र पुरुष, मास्टर पुरुष, जुनियर महिला र पुरुष, चितवन विशेष महिला र पुरुष गरी चार वटा क्याटेगोरीमा हुनेछ । इलाइट क्याटेगोरीमा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै मास्टर क्याटेगोरीका विजेताहरुले ३०, २५ र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । जुनियर महिला र पुरुष क्याटेगोरीका विजेताहरुले क्रमशः १५, १२ र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै चितवन विशेष महिला र पुरुष क्याटेगोरीले क्रमशः ३०, २० र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यस प्रतियोगिता ६५ किलोमिटर दुरीको रहने छ । पिसजोन स्कुलबाट सुरु हुने म्याराथन सोही स्कुलमा पुगेर समापन हुनेछ । यसअघि पहिलो सँस्करण नारायणगढस्थित रिङरोड सडक खण्डमा भएको थियो । स्वस्थ समाज, स्वच्छ वातावरणका लागि साइक्लिङ भन्ने मुल नाराका साथ यो प्रतियोगिता हुन लागेको हो । स्वर्गीय प्रकाश दाहाल र ज्ञानु दाहाल केसीको स्मृतिमा यो प्रतिष्ठान बनाईएको हो । यस प्रतिष्ठानले खेलकुदलगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>