Breaking News

नागरिकको सेवामा मलाई पदको लोभ रहन्छ, मेरो स्टन जिन्दगीभर रहिरहन्छ: रवि लामिछाने

Banner

प्रतिमा कुमाल

चितवन, चैत १६–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनताको सेवाका लागि आफूलाई सधै पदको लोभ रहने र जिन्दगीभर स्टन गरिरहने बताएका छन् ।

आज (बिहीबार) चितवनमा जारी जुत्ताचप्पल मेला अवलोकन गर्ने क्रममा पत्रकारसँग कुरा गर्दे लामिछानेले जनता र देशको हितका लागि सधै स्टनमा रहने जीकिर गरे । उनले भने, ‘मेरो विरोध गर्ने लाई भन्नु केही छैन । यति भन्छु, तस्करी रोक्नु स्टन हो भने त्यो स्टन म जीवन भरी गर्ने मान्छे हो । घुसखोरी रोक्ने स्टन म जीवन भरी गरिरहन्छु । भ्रष्टाचारका पुराना फाइल खोल्ने काम सुरु हुन्छ भनेर संसदमै उभिएर भनेको हो । सुरुवात भएको पनि हो । यस्तो स्टनम जिन्दगीभर गर्छु ।

आमनागरिकसँग हिड्ने स्टन म जीवनभर गरिरहन्छु । नेपाली जनतालाई दुःख पर्दा, समस्या पर्दा,आपत पर्दा मलाई यसो भयो भनेर हिजो म सञ्चारकर्मी हुँदा पनि आउनु हुन्थ्यो । मैले सेवा दिन्थे । नेपालमा बनेको नेपाली उत्पादन लगाएर हिड्ने स्टन म जिवनभर गरिरहन्छु । म नेता हुँदा पनि त्यही हुँ । नहुँदा पनि त्यही हुँ । जनताको सेवा गरेर नागरिकको लागि काम गरेर उहाँहरुको दैनिकीलाई सहज गराउने काम गरेर स्टन हुन्छ भने प्रतिक्षा गर्नुहोस् यो स्टन मेरो जिन्दगीभर रहन्छ ।’
उनले यस्तो बताएका हुन् । उनले भने, ‘आज पनि सिंहदरबारको गेट बाहिर मान्छेहरु एउटा हस्ताक्षरका लागि हजारौंको संख्यामा बर्षौदेखि लाइन लागेर बसेका छन् । तिनको केही दोष छैन खाली तिनले चिनेको मान्छे छैन । मलाई चिन्नु पर्दैन थियो, प्रत्येक दिन गृहमन्त्रालयमा यसै गरी उभिएर सेवा दिन्थे । किन कि मैले उनीहरुको फुटेको खुट्टा देखेको छु । मलाई पदलोलुप जे सुकै भन्नुस् । मलाई लोभ छ ती मान्छेको सेवा गर्न । यस्ता व्यक्तिहरुको सेवा गर्नको लागि पदको लोभ मलाई जहिले पनि रहिरहन्छ ।’

निजी स्वार्थको लागि आफूलाई कहिलै पदको लोभ नभएको उनले बताए । उनले भने, ‘पद लोलुपको आरोप लागिरहँदा सरकारबाट सबै भन्दा पहिला निस्किएको हामी हो । हुथ्यो भने त बसिरहन्थ्यौ नि । जुनसुकै मन्त्रालय ल्याउनुस भनेर लपेट्थ्यौँ । सबैले बुझ्न आवश्यक छ हामी स्पष्ट छौं । हामीलाई सरोकार छैन ।’
लामिछानेले देशमा राजनीतिक स्थिरताको लागि सरकारबाट बाहिरिएको प्रष्ट पारे । ‘अहिले १७२ को सरकार छ । यसमा हामीले सहभागिता निकाल्दा १५१ को सरकार हुन्छ । त्यस पछाडि १० –१० वटाको सरकार मिलेका छन् । २ वटा दलले प्रधानमन्त्रीको लागि बार्गेनिङ गर्नुभयो भने के हुन्छ । देशमा स्थिरता हुन्छ कि अस्थिरता हुन्छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरताको लागि धन्यवाद दिने कि आलोचना गर्ने । हामीले यो स्थिरता जोगाउनको निम्ति आफूले गाली खाएर पनि जसरी जोगाउने कोसिस ग¥यो त्यसको मूल्याङ्कन अवश्य पनि इतिहासले गर्ने छ’, उनले भने ।
उपनिर्वाचनपछि पार्टी सरकारमा जान्छ कि जादैन भन्ने पत्रकारहरुको प्रश्नमा लामिछानेले सोही बेला थाहा हुने संकेत गरेका छन् । उनले भने, ‘उपनिर्वाचन अगाडि हामी सरकारमा जाने सोच छैन । त्यस पछाडि पनि हामी अहिले भन्न सक्दैनौं । सरकारको फर्मेट कस्तो हुन्छ । क्याबिनेटको फर्मेट कस्तो हुन्छ । विशेष गरेर नीति कार्यक्रमहरु कस्तो हुन्छन । त्यो निरन्तरता हुन्छ, हुँदैन सबै कुरा हेरेर गर्नुपर्ने हुन्छ ।’

लामिछानेले नागरिकता प्रकरणमा सामान्य प्रक्रिया पनि नजानेको कुरालाई सहर्स स्वीकारेको बताए । ‘उहाँहरुले रवि खराब हो, बद्मास हो, भ्रष्ट हो,यसले नचाहिने काम गरेको छ भन्नुभएन । केही जानेको रैनछ भन्नुभयो । हामी सबै मानिसहरु सबै कुरा जान्दैनौं । आम मान्छे भइरहँदा कयौं प्रकृयागत कुराहरुमा नजान्न सक्छौं । मत धेरै कुरा जान्दिन जीवनभर मान्छेले सिक्ने त हो । मलाई खुसी लाग्यो कि उहाँहरुले नजानेको रहेछ भनेर भन्नुभयो । नजानेको कुरा सिक्दै म प्रकृयामा आएँ । तर यहाँ कतिपय साथीहरु कत्रो विवादमा छन् उहाँहरुले न अदालत झेल्नु परेको छ । न कुनै प्रहरी प्रशासनको अनुसन्धान झेल्नु परेको छ । म न्यायिक कठघरामा उभिएर त्यहाँबाट न्याय पाएर आएको मान्छे हुँ । म आफै चोखिएको हो । मलाई पार्टीले चोखाएको होइन’, उनले भने ।

उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार उठ्नु भएका जितनारायण श्रेष्ठलाई समेत लामिछानेले शुभकामना दिएका छन् । उनले भने, ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । पार्टीको निर्णयले उहाँ आउनु भयो । लोकतन्त्रमा आम नागरिकले मत दिने हो । हिजोका दिनमा पनि मैले चुनाव लड्दा अफ्ना प्रत्यासीहरु सित कहिले नमिठो बोलिन । उहाँहरुको विरुद्ध गरेको पनि मैलाई याद र सम्झना छैन । तर पनि मेरो चुनावी क्याम्पेनमै आक्रमण भयो । त्यसका बाबजुत पनि मैले उमेद्वारहरुबाट सद्भाव पाए । आउनुस् एउटा स्वस्थ स्वच्छ प्रतिस्पर्धा गरौं । मेरो शुभकामना छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>