Breaking News

ओलीले भनेः हाम्रो सिमा मिचिँदो छ तर सरकार मौन छ, बोल्यो भने सत्ता धरापमा पर्नसक्छ

Banner

काठमाडौं, चैत १६–

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश निकै जटिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको उनको आरोप छ ।

‘आज देशको अवस्था निकै जटिल छ । अझ बढी गम्भीर, अस्थिर बढेको छ । यसै भन्न सकिने अवस्था छैन् । देशमा अस्थिरता छ । गत मंसिर ४ गते चुनाव भयो । यस बीचमा उतारचढाव भए । पुष १० गते एउटा सरकार बन्यो । सरकार परिवर्तन भयो । यथार्थमा सरकार परिवर्तन भयो । तर, सरकारको नेतृत्वकर्ता उही छ ।’–रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ओलीले भने–‘सरकार परिवर्तन भयो, तर प्रधानमन्त्री उही छ । सरकारको नेतृत्व उही छ । नीति र विचार परिवर्तन भयो । व्यक्ति उही छ । यो अमिताभ बच्चनका बुवा हरिवंश राय बच्चनले एउटा कविता लेख्नुभएको छ–मधुशाला भन्ने ।’
साक्षात्कारमा यसअघि एमालेसहितको संलग्नतामा बनेको सरकार बदलिएको र मन्त्रीहरु बदलिएको सुनाउँदै भने–‘तर मधुशाला उही छ । अहिलेको स्थिति पनि त्यस्तै छ । नीति नभएको मधुशाला । गन्तव्य नभएको मधुशाला । ग्राहक पर्खिएर बसेको मधुशाला । फाइदा र लाभ हेरेर बसेको मधुशाला । इमान होइन लाभ हेर्ने मधुशाला । देशको स्थ्तिि झन बिग्रिँदै गएको छ । बिग्रिँदो छ । रजानीति छताछुल्ला र भताभुंग छ । अविश्वासको चक्र बढ्दो छ । सरकारप्रति अविश्वास छ । सरकारप्रति विश्वसनियताको खडेरी छ । प्यारामिटर तल झरेको झरै छ । मान्छेको अलिक शरम पचाउने क्षमता पनि वृद्धि भएको भएको देखिन्छ (हाँस्दै) । तर, देशको अर्थतन्त्र ध्वस्त छ । समाज अद्योगतितिर लाग्दैछ । हाम्रा गौरव गर्नलायक सांस्कृतिक मूल्य र मान्यताहरु, रितिरिवाज, हाम्रा संस्कृति, धर्म यी सबै कुराहरु सामान्य कुरा परित्याग गर्न सकिने कुराको रुपमा बुझिँदैछ । अरुका कुरा, इतिहास नभएका कुनै तर्क र तथ्यले पुष्टि गर्न नसक्ने कुरा, क्षणिक भावावेशलाई बढी अंगाल्न सकिने कुरा र प्रवृत्तिहरु सांस्कृतिक र सामाजिक क्षेत्रमा देखिएका छन् । जुन कुरा राष्ट्रको भविष्यको लागि चुनौती देखिएको छ ।’
पूर्वप्रधानमन्त्री ओलीले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । उनले थपे–‘स्वाधिनता कमजोर बनेको छ । कसले चुनाव जित्छ भन्ने चर्चा छ भने बाहिरबाट चुनाव जिताउन खोजिएको छ, त्यसकारणले त्यसले जित्छ भन्ने छ । स्वाधिनता साँच्चै नै कमजोर हालतमा पुगेको छ । चिन्ताको विषय हो । हाम्रो देश अहिले अप्ठ्यारो अवस्थामा छ । नेपालको भौगोलिक अखण्डता, हाम्रो भूमि खुम्चिँदो छ । हाम्रो सिमा मिचिँदो छ । सरकार मौन छ । यसमा बोल्यो भने उसको सत्ता धरापमा पर्नसक्छ । राष्ट्रियता, अखण्डता अप्ठ्यारोमा छ । देशको पक्षमा बोल्न सक्दैन्् । सरकार राष्ट्रको पक्षमा बोल्दैन । त्यस्तो सरकारलाई देशको सरकार भन्न सकिँदैन् ।’

ओलीले सरकारले कमसेकम देशको जमिन कहाँ–कहाँ मिचिएको छ, या छैन ? भन्ने कुरा भन्न सक्नुपर्ने औंल्याए । उनले भने–‘हाम्रो भौगोलिक अण्खडताको विषयमा सरकारले बोलोस् । भोलि क्लबको यही कार्यक्रममा प्रधानमन्त्री बोल्ने कार्यक्रम रहेछ, उहाँले बोल्नुहोस् । हाम्रो भूमि अतिक्रमित भएको छ कि छैन् ? या के हो ? खुलस्त भन्नुहोस् । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँ यहाँ त बोल्न सक्नुभएको छैन्, विदेशमा के बोल्नुहुन्छ ? उहाँ आफ्नो जमिनको दाबेदारी गर्नुहुन्छ कि ताबेदारी भन्ने प्रश्न आउँछ ।’

ओलीले देशको आर्थिक अवस्था पनि खस्कँदो रहेको टिप्पणी गरे । उनले भने,‘अहिले विकास पनि अघि बढेको छैन । विकास पछाडि धकेलिएको छ । वैदेशिक मुद्राको सञ्चिती नाजुक अवस्थामा छ । आर्थिक तरलता उस्तै अभाव छ । बैंकसँग पैसा छैन् । काम गरेका ठेकेदारलाई पैसा दिने सरकारसँग पैसा छैन् । नयाँ उद्योग स्थापना गर्ने अवस्था छैन । रोजगारीको अवस्था सिर्जना कहाँबाट गर्नुहुन्छ ? कागजमा लेखेर हुँदैन । सरकारले त्यो कुरा भन्नुप¥यो । उद्योग स्थापना केही गर्न सक्नुहुन्न । कृषिको आधुनिकीकरण सक्नुहुन्न । अरु क्षेत्रमा बजेट काटिएको छ । हरेक चिजको मूल्य बढेको छ । जनतालाई मार परेको छ । दिनदिनै मूल्यवृद्धि बढेको छ । देशको अवस्था अत्यन्तै नाजुक छ । अहिले यो अत्यन्तै आर्टिफिसियल एउटा, विभिन्न पार्टपुर्जा जोडिएको कृत्रिम सरकार अप्राकृतिक ढंगले बनेको छ । यसमा न विचार मिल्छ, न सिद्धान्त मिल्छ, न कार्यक्रम मिल्छ । फेरि पनि सरकार बनेको छ । सरकारको एउटा गन्तव्य हुनुपर्छ । के कोलागि बनेको ? के गर्न खोजेको भन्ने ? तर त्यो केही छैन ।’
उनले सत्ता गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठाए । उनले भने,‘यस्तो अवस्थामा नितान्त अवसरको फाइदा लिएर । अब एक ढंगले भन्ने हो भने हाड र छालामात्रै बाँकी रहेको देशबाट, त्यसबाट पनि सिरिन्च घुसारेर लामखुट्टेले जस्तो रगत निकाल्न खोजिएको छ । जसले देशलाई अझ आरोलो लग्छ । यस्तो अवस्थामा सञ्चार क्षेत्रको अझ महत्व छ। जनतालाई सही सूचना दिनुपर्छ । यी काम गर्नुपर्छ । सञ्चारमाध्यमलाई देशको हितको पक्षमा प्रयोग गर्न सक्नुपर्छ । आफ्ना संकिर्ण स्वार्थलाई महत्व दिएर देश र जनताको हितलाई गौण बर्नायो भने सञ्चारमाध्यमको भूमिका सकारात्मक भन्न सकिँदैन् । मिडियाले देश र जनताको हितमा आफ्नो भूमिका खेल्नुपर्छ ।’
माओवादीको जनयुद्धप्रति ओली आक्रामक

ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिए । उनले भने,‘देशमा आज अनेक प्रकारका दृश्यहरु देखिए । देशमा अप्रिय हिंसात्मक क्रियाकलापहरु २०५२ देखि २०६२ मा खुलेर भए । त्यसपछि २०७२ सम्मपनि अप्रिय काम भए । तिनको हामीले मूलतः केही चरणमा व्यवस्थापन ग¥यौं । एउटा १२ बुँदे समझदारीमार्फत व्यवस्थापन ग¥यौं । २०६३ साल वैशाख ११ को घोषणामार्फत जनताको अधिकार जनतामा फर्काएर गर्यौं । २०६३ साल मंसिर ५ गते बृहत्त शान्ति सम्झौतामार्फत गर्यौं । अर्को माओवादीलाई समेत संसद् र सरकारमा सहभागी गरेर गर्यौं । त्यसपछि २०६५ साल जेठ १५ गते राजतन्त्र बिदा गरेर गणतन्त्र घोषणा गरेर गर्यौं । अब शान्ति प्रक्रियालाई पूर्णता दिन बाँकी छ । पीडितहरु छट्पटाइरहेका छन् । क्रान्तिका सपना देखाइएका युवाहरु अहिले पनि पीडामा छन् । द्वन्द्वको यो वा त्यो पक्ष भन्ने होइन । एकपक्षीय हिंसा र द्वन्द्वले द्विपक्षीय हिंसा र क्षति हुन्छ । हाम्रो देशमा पनि हजारौं मानिस मारिए । मारिएका परिवारका सदस्य छन् । आफ्ना मान्छेलाई सहिद भन्ने घोषणा गरियो भन्ने सुनिन्छन् । यस्ताखालका विषय राष्ट्रिय विषय होइनन् । लाचारी कुरा हो । फागुन १ गते जनयुद्ध दिवस भनियो । त्यो जनयुद्ध होइन । एउटा हिंसा भन्ने थियो । त्यसले द्वन्द्वको रुप लिएको थियो । यस्तो विवादमा पर्नुहुन्न । द्वन्द्व व्यवस्थापन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक जुन किसिमले अघि बढाइएको छ त्यसले पीडितलाई अझै पीडा दिने काम गरेको टिप्पणी गरे । उनले भने–‘यसले पीडितलाई झन् पीडा दिएको छ । मानवअधिकारको विषय, उल्लंघन र हत्या एउटै विषय होइन । सत्ताको दुरुपयोग गर्न खोजिएको छ । जुन कुरामा सहमत हुन सकिँदैन । हामी उपयुक्त ढंगले अन्तर्राष्ट्रिय मूल्य र मान्यता, सर्वोच्चको फैसला, पीडितले न्याय पाउने सुनिश्चित्ता्, दण्डहिनताको अन्त्यको आधार मानेर द्वन्द्वको पीडालाई समाप्त पार्न र शान्ति प्रक्रिया टुँग्याउन चाहन्छौं । संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । परिपूरण र क्षतिपूर्ति र स्वेच्छाले गर्न चाहे मेलमिलाप गरिने हो । मेलमिलापको नाममा गैर मेलमिलापको छुट हुँदैन । पीडितहरुको आँशु र मर्मलाई हेरेर उनीहरुको समस्या सम्बोधन गर्ने गरी, तिनका समस्यामा मल्हमपट्टी लगाउने गरी हुनुपर्छ । आफू र आफ्नो कार्यकताको भरणपोषण गर्ने नाममा संक्रमणकालिन न्याय हुँदैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>