चितवन विशेष
यस्तो बन्दै छ भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन
०

चितवन, चैत १६-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । भरतपुरमा करिब २ अर्ब लागतमा ३ वर्षमा बन्ने गरी टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।
प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>