चितवन विशेष

पेटभित्र रक्सीको बोतल भेटिएर चितवनमा उपचाररत रहेका युवक अस्पतालबाट डिस्चार्ज

Banner

चितवन, चैत १६-

गुजरा नगरपालिकाका-९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका मन्सुरीलाई हिजो (बुधबार) डिस्चार्ज गरिएको हो । तर उनी प्राकृतिक रूपमा अहिले नै दिसा गर्न सक्ने अवस्थामा भने छैनन् । मलद्वार नजिकै ठूलो आन्द्राको भाग थोरै बाहिर निकालेर दिसा बाहिर जान मिल्ने बनाइएको छ ।

यस्तै एक महिना पछि उनलाई फलोअपमा बोलाइएको र पुनः शल्यक्रिया गरेर प्राकृतिक रुपमा नै दिसा गर्न मिल्ने अवस्थामा ल्याइने छ । उपचारमा संलग्न डा. राजेश यादवका अनुसार उनलाई २५ दिन अघि गम्भीर अवस्थामा चितवनमा उपचारका लागि ल्याइएपछि चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । अस्पतालका जिआई सर्जन डा.नारायण बेलबासेका अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>