समाचार

गाँजा खेती गर्न पाऊँ भन्दै परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Banner

काठमाडौं, चैत १५–

सर्वोच्च अदालतले गाँजा खेती गर्न पाऊँ भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले यस्तो आदेश गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख गरिएको छ।

बहुउपयोगी सामान बनाउन सकिने गाँजाको खेती गर्न किसानलाई रोक लगाउन नपाइने भन्दै शिव खड्का लगायतले एक हप्ताअघि रिट दिएका थिए।

आज भएको पहिलो सुनुवाइमा रिट निवेदक पक्षको बहस सुनेपछि संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>