घटना -दुर्घटना
चितवनमा नेपाली सेनाको ट्रक पल्टियो, तीन सैनिक घाइते
०

चितवन, चैत १२-
चितवनमा नेपाली सेनाको ट्रक पल्टिँदा तीन सैनिक घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ मुग्लिन नारायणयढ सडकखण्डको घुमाउने भन्ने स्थानमा काठमाडौँबाट बारा अम्लेखगन्जतर्फ जाँदै गरेको ट्रक आज दिउँसो पल्टँदा तीन सैनिक घाइते भएका हुन् ।
भैरवनाथ गण काठमाडौँको लु१ग १०९ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टँदा सोही ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुमा ट्रक चालक नेपाली सेनाको अमल्दार वर्ष ३३ का कृष्ण प्याकुरेल, जम्दार वर्ष ३९ को उत्तम कार्की र अमल्दार वर्ष ३२ को केआई सिंह रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>