एजेन्सी / विदेशी

पशुपतिनाथमा एक दिन, (फोटो फिचर)

Banner

काठमाडौं, चैत ११-

पशुपतिनाथको मन्दिर। विश्वभरका सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र। पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन श्रद्धालुको घुइँचो हुन्छ।

विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल ९अखाडा० पनि छन्। पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ। जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ।

यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ। पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिका छ जस्तो पनि लाग्छ।

बिहानै पूजापाठ, मध्याह्न पर्यटकको चहलपहल, भक्तजनको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्ने हो भने मानिसहरूको चहलपहल र भागदौड केका लागि भन्ने लाग्छ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका पशुपतिनाथमा एक दिनको फोटोकथा फोटो फिचरमा– न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>