समाचार

जनगणनाः कुनै कमाइ गर्दैनन् ८९ लाख ७५ हजार ५५८ नेपालीले

Banner

चितवन,चैत १०-

नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न छन्।

बृद्ध अवस्थाका ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत आर्थिक क्रियाकलापमा संलग्न छैनन्। त्यस्तै अशक्तरबिरामी २.५ प्रतिशत, पेन्सनरआयस्ता २.२ प्रतिशत र सामाजिक कार्यरस्वयंसेवा ०.३ प्रतिशत संलग्न देखिएको छ। पेशागत वर्गीकरण अनुसार आर्थिक काममा कुल एक करोड ४९ लाख ८३ हजार ३१० छन्। जसमा ५२।६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला छन्। पेशागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछापालन काममा दक्ष कामदारहरू ५०.१ प्रतिशत छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>