Breaking News

खेलपछि लुक्ने टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ५ पाटा

Banner

क्रिकेट !!

यो खेलको नाम अचेल प्राय नेपालीको मुखमा झुण्डिन्छ। नेपाली क्रिकेटले एक पछि अर्को सफलता हासिल गरिरहेको भएर यो खेलका दर्शकहरु बढिरहेका छन् । हाम्रो जस्तो बिकासोन्मुख देशमा खेलकुदको लागि आवश्यक पूर्वाधार नहुँदा खेल हार्दा खेलाडीलाई दोष दिने र खेल जितेपछी खुशियालीमा रमाउने गर्नाले हाम्रा केही महत्त्वपूर्ण कुराहरु लुक्ने गरेका छ्न। CAN ले भाडामा लिइ सन्चालन गरेको TU cricket ground जुन stadium भन्न सकिँदैन त्यहाँ खेलपछी लुक्ने ५ पाटोको उजागार गर्दै छु।

१.Entry Management :

TU ground  मा अन्तर्राष्ट्रिय खेलहरुको लागि CAN कुनै एक कम्पनिलाई Ticket management को जिम्मा दिने गर्छ । त्यसै अन्तरगत उक्त कम्पनिले online र offline ticket को ब्यबस्था गर्छ। जब खेलहुनु अगावै दर्शक पुग्छन् तब त्यहाँ भिडभाड हुन्छ , लाइन नाम मात्रैको हुन्छ । Entry gate मा कम्पनिको मान्छे Ticket check  गर्न बस्छ तर लाईन ब्यवस्थित गरेर राख्न नसक्दा Ticket भएका र नभएका सबै हुलका साथ गेट पुग्छन् , भिड नियन्त्रण भन्दा बाहिर जान्छ, फलामे गेट भत्किन्छ हुल भित्र छिर्छ अनि बहिरको भिडको केही अंश पनि पर्खालको काडे तार फड्किदै मैदान छिर्छन्। सधै झै हिजोको नेपाल युएईको खेल टिकट भएकाहरु पनि गेट बाहिर हुनुपर्ने निश्चित थियो । टिकट बेचेर पैसा कमाउने मेसो भन्ने आरोप लगाउन पाइने कि नपाई प्रश्न खडा भयको छ।

२. शौचालाय:

२०औ हजार दर्शक ८/१० घन्टा शौचालाय नगई बस्न गार्हो पक्कै हुन्छ । करिब ४००–५०० जनाले त्यही नि पालो पालो प्रयोग गर्न मिल्ने शौचालय रहेको ठाउँमा २० औ हजार दर्शक पुग्दा के हालत हुन्छ त्यो सबैलाई थाहा छ। प्रवेश द्धारबाट बाहिर गएर रिफ्रेस भएर आउने सोच्ने कुरै भएन भित्र छिर्न पाइने होकि नाई। अनि भित्रको शौचालय तिर मान्छे लाग्छन क्षमता भन्दा कमका शौचालयमा हुलका हुल दर्शक भित्र पिसाबलाई जुत्ताले कुल्चदै फेरि आफ्नै जुत्तामै पिसाब पर्ने गरि पिसाब फेरेपछि केही राहातको सास फेर्दै फर्कनु पर्ने हुन्छ । पुरुष साथीहरुलाई यस्तो युद्द जिते जस्तो हुने ठाउँमा महिला शौचालय लेखेको ठाउँमा आफू जान नपाउदा अनि महिला मैत्री वातावरण सहितको शौचालय नहुँदा मैले मेरै समूहको साथीहरुको अनुहारमा देखेको उदाशिनता यहाँ व्यक्त गर्न सकिन । १० घन्टा पिसाब रोक्न सक्नेमात्रै खेल हेर्न जाउ भन्ने आवाजको सम्बोधन कहिले होला ??? समर्थक पर्खाइमा छन्।

३. महिला माथी हुने दुव्र्यवहारः

क्रिकेट खेलमा पुरुष भन्दा महिला समर्थक तुलनात्मक रुपमा कम हुने पाइन्छ । यसका फरक पाटाहरु होलान् तर टियु मैदानमा सधै महिला माथी हुने दुव्र्यवहार यो चोटि नि रोकिन सकेन। केटि केटि मिलेर आएका हुन् या प्रेमी प्रेमिका मिलेर आएका हुन् या विवाहित जोडी हुन् या स्कुल कलेजका विद्यार्थीहरु मिलेर आएका हुन् खेल हेर्न आएपछी उनिहरु नि दर्शक हुन्। तर केटी देखेपछि प्लाष्टिकका बोत्तलले हान्ने, अपशब्द बोल्ने, जिस्काउने क्रम यो चोटि पनि रोकिएन। जिस्काउने समूह कलेज पढ्ने देखि कलेज पढाउने सम्म, विवाहितदेखि छोरा छोरी सम्म भएका व्यक्ति थिए । भर्खरैका अल्लारे युवापुस्ताको त कुरा नै नगरौ। हाम्रा पछिल्ला महिला माथि हुने दुव्र्यवहार प्रती उनिहरुले ब्यक्त गर्ने अभिव्यक्तिबाटै हाम्रो समाजको चित्रण गरिसकेको छ। अब खेल हेर्न महिला दर्शक जाने कि नजाने रुरुरु भन्ने गम्भीर प्रश्न यहाँ खडा भएको छ।

४. नैतिकताः

महिला दर्शकलाई दुव्र्यवहार गर्दा एउटा नैतिकताको प्रश्न्न उठिसकेको छ । त्यसमाथी boundary लाईनमा बिदेशी खेलाडीलाई अपशब्द बोल्ने , मैदान भित्र पानीको बोत्तल फ्रुटिको बोत्तल फाल्ने, प्रहरी हाम्रो पनि साथी भो भनेर व्यवहार नगर्ने, आफ्नै नेपाली फ्यानहरुलाई सम्मान नगर्नाले समर्थक माथी नै नैतिकताको प्रश्न तेर्सिन थालेको पो होकि ?

५. डिजिटल स्कोर बोर्ड र सरसफाई :

क्रिकेट मैदानमा खेल हेर्न गएको दर्शकले ball to ball update लिन आफ्नै मोबाइलबाट हेर्नुपर्ने हुन्छ। Mannual Score board भएनी ठम्याउन गार्हो हुन्छ यसो हुँदा खेलमा रमाइलोपन घट्छ। साथै दर्शक दीर्घमा खाजा खाइसकेपछि फोहोर फाल्ने ठाउँहरु नहुँदा चाउचाउ, बिस्कुट, पानी, चिसोका बोत्तल फोहोर हुने गरे छरपस्ट फाल्नुपर्ने स्थिति देखापरेको छ। जसो तसो manage गरौ भनेर आफैलाई प्रतिप्रश्न गरेर बस्ने नै हो त।

दिनप्रतिदिन क्रिकेट प्रति रुचि बढ्दै छन् । नयाँ नयाँ सुबिधा सम्पन्न स्टेडियमको खाँचो नै छ। तर भैराखेको पूर्वाधारलाई साना–साना सुधार गर्न सके र दर्शकहरुले नि आफ्नो नैतिकता देखाउन सके नेपाली क्रिकेट, नेपाली क्रिकेट प्रेमी र नेपाललाई महान बनाउन सकिने छ।

ई. नवीन ओलिया
नेपाली क्रीकेट समर्थक समाज
संस्थापक सदस्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>