क्रिकेट

पारससम्मिलित एसियन लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि

Banner

काठमाडौं, चैत ७-

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ।

सोमबार भएको उपाधि भिडन्तमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हरायो।कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो।उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए।

बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए। १४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्‍यो। लायन्सको जितमा उपुल थारांगाले ५७ रन र तिलकरत्ने दिलशानले ५८ रन जोडे। खेलका नेपालका पूर्वकप्तान पारसले बलिङ र ब्याटिङ गर्न भने मौका पाएनन्। पारसले समूह चरणका दुई खेलमा भने ब्याटिङ गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>