चितवन विशेष

पत्रकार नारायण ढुङ्गानालाई ‘गोल्ड मेडल’

Banner

काठमाडौँ, वैशाख १४ –

राससकर्मी नारायण ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दिक्षान्त समारोहमा उहाँलाई उक्त पदक प्रदान गरिएको हो । विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनुभएका ढुङ्गानालाई सो पदक प्रदान गर्नुभएको हो ।

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए तीन दशमलव ७५ अङ्क ल्याउनुभएको छ । चितवन घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका उहाँ २० वर्षदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । राससमा कार्यरत ढुङ्गानालाई आज विश्वविद्यालय परिसर सुन्दर हरैचामा सम्मान गरिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>