चितवन विशेष

भरतपुरको ज्योतिनगरमा गायक आनन्द कार्की सम्मानित

Banner

चितवन, चैत ४-

भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा बरिष्ठ गायक आनन्द कार्की सम्मानित भएका छन् ।

३१औँ अभिभावक दिवसको अवसरमा कालिका संस्कारकुलम आवासीय माध्यमिक विद्यालयमा नेपाली सांगीतिक क्षेत्रका सदावहार गायक कार्की सम्मानित भएका हुन् ।

गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्नुका साथै गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उनले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र नभइ हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।

कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु खाँडलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋृषिराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रशेन अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>