Breaking News

नेपाल विश्वकप क्वालिफायरमा छनोट

Banner

काठमाडौं, चैत २-

डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।

लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो। यो जितसँगै आइसिसी विश्वकप लिग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो। युएईविरूद्ध जित हासिल गरेसँगै नेपाली क्रिकेट टोलीले खुसीयाली मनाएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>