अर्थ

मायादेवी मन्दिरमा तीन महिनामा एक करोड तीन लाख संकलन

Banner

रुपन्देही, चैत १-

पछिल्लो तीन महिनामा बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ ।

पुस, माघ र फागुन महिनाको संकलित भेटि वुधबार सकिएको गणनामा यो रकम संकलन भएको हो । यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए ।

आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना शुरु गरिएको थियो । आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए ।

फागुन २८ गतेदेखि वुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो । अघिल्लो पटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ ।

कोरोना महामारीपछि यहाँ आउने पर्यटक घटेपनि पछिल्लो महिना पुरानै लयमा आउन थालेको तथ्यांकले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>