Breaking News

भरतपुरको उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटियो, बम भएको आशंकामा डिस्पोजल टोली पुग्दै

०
Banner

चितवन, फागुन २९–

स्ववियु निर्वाचनको मुखमै भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटिएको छ ।

आज विहान करिव पौने ६ बजेको समयमा प्राध्यापक सर्वहित पण्डित कलेज पुग्दा उक्त शंकास्पद बस्तु भेटिएको हो । प्राध्यापक पण्डितले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार रातो झोलाभित्रबाट बाहिर तारहरु निस्किएको छ । बम भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरिएको प्राध्यापक पण्डितले बताए । अहिले प्रहरी टोली कलेज परिसरमा पुगिसकेको छ भने नेपाली सेनाको डिस्पोजल टोली पुग्न बाँकी छ ।

यस कलेजमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही अनुसार आज उम्मेदवारहरुलाई मनोनयनपत्र वितरण र भोलि दर्ताको कार्यतालिका रहेको थियो । हिजो मात्रै नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्वियुले विभिन्न माग राख्दै विहान कलेजमा तालाबन्दी समेत गरेको थियो । हिजो नै लोसपा पार्टी निकट विद्यार्थी संगठनले पनि समावेशितालगायतको माग राखेर दिउँसो तालाबन्दी समेत गरेको थियो ।

विवाद चर्कदै गइरहेको अवस्थामा शंकास्पद बस्तु भेटिदा विद्यालयमा त्रास सिर्जना भएको छ । आज विहानैदेखि पठनपठान कार्य प्रभावित बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>