क्रिकेट

विश्वकप लिग २ः आज नेपाल र युएई भिड्दै

Banner

काठमाडौँ, फागुन २८–

आइसीसी विश्वकप लिग २ अन्तरगत आज घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । विहान ९ः३० बजेदेखि किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

नेपालले आजको खेलमा जित हात पारे ४ वर्षका लागि पुनः सोझै एकदिवसीय मान्यता जोगाउने छ । तर यही अवस्थामा युएई पराजित भए युएईको एकदिवसीय मान्यता खोसिन सक्छ । नेपाल आजको खेलमा जित हात पार्दै एकदिवसीय मान्यता जोगाउन चाहन्छ । नेपाल ३३ खेलमा ३४ अंकका साथ पाँचौं स्थानमा छ । आज जित निकाल्दै चौथो स्थानमा उक्लिएर एकदिवसीय मान्यता जोगाउने ध्यानमा नेपाल छ । नेपाल जारी पछिल्लो सिरिजमा उच्च फर्ममा रहेको छ । पछिल्ला ९ खेलमा नेपालले ८ खेलमा जित हात पारेको छ भने युएई १० खेलमा मात्र २ खेलमा जित हात पारेको छ । त्यसैले आजको खेलमा युएई धेरै दवाबमा देखिन्छ ।

नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ। यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। हालसम्म लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र दोस्रो स्थानमा रहेको ओमान जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाई सकेको छ ।

नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । नामिबिया सबै खेल खेलेर तेस्रो स्थानमा टुङग्याएको छ भने नेपालले बाँकी ३ खेलमा जित हात पारे नामिबियालाई उछिन्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>