Breaking News

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

Banner

काठमाडौं,फागुन २८-

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।

पहिलो कार्यकालमा त्यति विवाद नभएपनि दोस्रो कार्यकाल विवादित बन्यो। उनी नेकपा एमालेको कार्यकर्ता जस्तो भएको आरोप लाग्यो। उनले संसद विघटनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको आरोप लाग्यो। अन्तिममा सरकारले पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति भण्डारीले रोकिदिइन्।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन्। उनको शपथ ग्रहण भोलि हुँदैछ। भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>