समाचार

विदेशका ५० भन्दा बढी पर्दामा रिलिज भयो ‘छक्का पन्जा ४’

Banner

काठमाडौं, फागुन २५-

घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्का पन्जा ४’ मध्यपूर्वका देशमा आज (बिहीबार) देखि प्रदर्शनमा आएको छ।

वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई युएई, कतार, ओमान, बहराइनका ५० भन्दा बढी पर्दामा प्रदर्शन गर्न लागेको हो।साउदी अरेबिया र कुबेतमा भने प्रदर्शन मिति तय नभएको वितरक रमेश ढकालले जानकारी दिए।

मध्यपूर्वका देशमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रियाअनुसार फिल्म वितरण गरिरहेको बताए।

‘छक्का पन्जा ४ प्रदर्शन हुने भएपछि प्रचारप्रसारलाई तीव्र बनाइएको छ। रोजगारीको सिलसिलामा मध्यपूर्वका देशमा रहेका नेपाली फिल्म प्रेमीलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न लागेका हौं। मध्यपूर्वका देशमा अनुमानित २० लाखभन्दा धेरै नेपाली छन्,’ उनले भने।

नेपफिल्म्सलाई फिल्म रिलिज गर्न गैरआवासीय नेपाली संघ, नेपाली सोसल क्लबलगायतका संघसंस्थाले पनि सहयोग गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>