समाचार

भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै

Banner

प्रतिनिधि फोटो

विराटनगर, फागुन २५ –
सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना रु ३० करोड लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिनुभयो ।

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा दुई सय जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ ।

भेडेटारको हालको भ्यूटावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिनुभयो । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताउनुभयो । काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>