चितवन विशेष
सप्तगण्डकी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुबाट महेश सापकोटा उम्मेदवार

चितवन, फागुन २४-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको एमाले निकट अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महेश सापकोटा चयन भएका छन् ।
अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीको बैठकले आज सापकोटालाई सभापतिमा चयन गरेको हो । क्याम्पस कमिटीका अध्यक्षसमेत रहेको सापकोटा अहिले क्याम्पसमा ग्रामीण विकासमा एमए अध्ययनरत छन् ।
माडी नगरपालिका–७ देवेन्द्रपुरमा विसं २०५४ सालमा जन्मिएका सापकोटाले एसएलसी होलीभिजन स्कुल, उच्च मावि वाल्मीकिबाट अध्ययन गरेका थिए । उनले सप्तगण्डकी बहुमुखी क्याम्पसबाट वातावरण विज्ञानमा बीएस्सी गरेका हुन् । चितवनका अग्रज पत्रकार नारायण सापकोटाको छोरासमेत रहेका सापकोटा अनेरास्वयिुको सभापतिको उम्मेदवारमा चयन भएसँगै विद्यार्थीको हकहितको लागि आफू अग्रमोर्चामा खटिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ विद्यार्थीहरुको हकहितलाई व्यवस्थित गर्न क्याम्पसमा सहजीकरण गर्नेछु । सप्तगण्डकीको राष्ट्रिय गरिमा र प्रतिष्ठा कायमै राख्न अझ जिम्मेवार बन्दै अगाडि बढ्ने प्रण गर्छु ।’

























