बजार

बैंकका कर्मचारीलाई सुरक्षा दिन ७७ जिल्लाका सीडीओलाई गृहको निर्देशन

Banner

काठमाडौं,फागुन २३-

गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं । साथै प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ ।’

जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ । पछिल्लो सयम व्यवसायी दुर्गा प्रसाईँले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेको भन्दै यसले अझ उच्छृंखल गतिविधि बढेको उनीहरूको बुझाई छ ।

व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>